दमक, ८ पुस–झापाको दमकमा रोकिएको जग्गा कित्ता काट केहिदिन भित्रैमा सुरु हुने भएको छ । दमक नगपालिकाका प्रमुख राम थापा र उपप्रमुख रेगीना भट्टराईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेर रोकिएको कित्ताकाट खुलाउने बारे कुराकानी गर्नु भएको थियो ।

मन्त्रालयका उप सचिव काजी बहादुर विष्टलाई नगर प्रमुख उप प्रमुखले लामो समय देखी कित्ताकाट रोकिँदा नागरिकहरुलाई ब्यवहारिक कठिनाई भएको साथै राजस्वमा समेत कमि आएको जानकारी गराउनु भएको थियो । साथै दमक नगरपालीकाले जग्गाका बर्गिकरण गरेर सिफारिस समेत पठाईसकेको अवस्थामा कित्ताकाट रोकिँदा समस्या भएको बताउनु भएको थियो ।

जवाफमा मन्त्रालयका उप सचिव विष्टले प्रक्रिया पुर्याएर तत्कालै कित्ताकाट खोलिने जानकारी गराउनु भएको नगर उप प्रमुख भट्टराईले बताउनु भयो । आफुहरु अहिले नगरका बिभिन्न कामका लागी काठमाण्डौमा रहेको भन्दै उहाँले दमक फर्के लगत्तै कित्तकाकाट कार्यान्यन हुने जानकारी दिनु भयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *