बारा, ८ पुस–बारामा गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो ।

महागढीमाइ नगरपालिका बरियारपुरस्थित भुतही पुल नजिक चिया पसलमा बसिरहेका बेला मोटरसाइकल आएका दुई अपरिचित व्यक्तिले गोली हानेर भागेका थिए ।

उनको कोखामा एक राउण्ड गोली लागेको जनाइएको छ । बाराको एलएस न्युरो अस्पतालमा पुर्याउँदा चिकित्सकले मृतक घोषणा गरेका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

गोली प्रहार घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनले कसले र किन गोली प्रहार गरेको हो भन्ने अझैसम्म स्पष्ट खुल्न सकेको छैन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *