धनकुटा, ९ पुस–नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा नलाग्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल धनकुटाले आज (शनिबार) बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको गठबन्धन लोकतन्त्र, मुलुकको हितमा नरहेकोले नेकपा एमाले सरकार बनाउने खेलमा नरहेको प्रष्ट पारे ।

पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका उनले भर्खरै सम्पन्न निर्वाचनमा जनताले नेकपा एमालेलाई सरकारमा जाने जनादेश नदिएको र जनताले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताए । गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने उनले बताए ।

पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष रविन कटेलको अध्यक्षतामा सम्पन्न भएको थियो । वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाल उत्पीडित जातीय मुक्ति समाज १ नं प्रदेश समितिले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा सहिदभूमि गाउँपालिकाको सहिदपार्कमा आज हुन लागेको सहिद परिवारलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *