शिबगञ्ज, ९ पुस–झापाको शिबसताक्षी–६ शिबगञ्जमा बसोबास गरिरहेका लिम्बू समुदायको आज (शनिबार) सम्पन्न एक भेलाले किरात याक्थुम चुम्ल्ुङ वार्ड समिति गठन गरिएको छ । नव गठित सो समितिको अध्यक्षमा मनकुमार इजम, उपाध्यक्षमा कमल कन्दङ्बा, सचिवमा सन्तोष इजम, सहसचिवमा जीतबहादुर थेबे र कोषाध्यक्षमा टेकमाया केरुङ छन् ।

समितिको सदस्यहरुमा लक्ष्मण आङ्दम्बे, बिमल कन्दङ्बा, तिल बहादुर थिङलापु, दिपिका सुब्बा, सञ्चमाया यक्तेन, इक्सा केरुङ, कुमारी थेबे, कमला इजम, बन्दना लावोती, गजेन्द्र केरुङ, गजेन्द्र कुरुङबाङ र सुकमाया तुम्बापो छन् ।

त्यस्तैं, आजै भक्तबहादु आङदम्बेको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको नवगठित समितिका सचिव तथा शिबगञ्जका युवा नेता सन्तोष इजमले जानकारी दिए । सो सल्लाहकार समितिको सदस्यहरुमा धनकुमार केरुङ, रामबहादुर आङदम्बे, हस्तराज थेबे र भक्तबहादुर कुरुङबाङ छन् ।

लिम्बू समुदायका अगुवा तथा जेष्ठ सदस्य धनकुमार केरुङको अध्यक्षता र किराँत याक्थुम चुम्ल्ुङ शिबसताक्षी नगर अध्यक्ष वीरबल जबेगुको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । सो भेलामा याक्थुम चुम्लुङ नगर सचिव प्रेम शेर्मा र नगर सदस्य भीम लिवाङको उपस्थिति रहेको थियो ।

नवगठित वार्ड समितिको आजै (शनिबार) पहिलो बैठकले याक्थुम चुम्लुङ नगर समितिको अधिवेशन प्रतिनिधि समेत चयन गरेको छ । बैठकले मनकुमार इजम, कमल कन्दङ्बा, सन्तोष इजम, जीत बहादुर थेबे र सञ्चमाया केरुङलाई नगर अधिवेशन प्रतिनिधिको रुपमा चयन गरिएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *