दमक, ९ पुस–नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको ३०औं बार्षिक साधारण सभा सुरु भएको छ । निर्माणाधिन रेडक्रस भवनमा शनिबार आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालले साधारण सभाको उदघाटन गरेका छन ।
उपशाखाका सभापती प्रकाश बुढाथोकीको सभापतित्पमा भएको उदघाटन कार्यक्रममा दमक नगरपालिकाका कार्यबहाक नगर प्रमुख भीमप्रसाद पौडेलको विशेष आतिथ्य रहेको थियो ।
बार्षिक साधारण उदघाटनका अवसरमा गत आर्थिक बर्षमा झापा जिल्लामै सबैभन्दा धेरै रक्तदान कार्यक्रम सञ्चालन गर्ने दुवागढी उपशाखालाई सम्मान गरिएको थियो ।
सभामा रेडक्रस सोसाइटी दमक उपशाखाका पूर्व उपसभापति आजिवन सदस्यहरुको तर्फबाट शान्तिराम ढकालले शुभकामना मन्तव्य राखेका थिए । दमक उपशाखामा हाल १ हजार ३८६ जना आजिवन सदस्य रहेका छन ।
