झिलझिले, ९ पुस–झापाको शिवसताक्षी–८ झिलझिलेमा सञ्चालित झिलझिले माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघले जाडोमा न्यानो कपडा वितरण गरेको छ ।
संस्थाले शिवसताक्षी ८ को झिलझिले माध्यमिक विद्यालयका ५० जना विद्यार्थीलाई जाडोमा लगाउने सुइटर वितरण गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद राजधाकृष्ण खनाल र संस्थाका अध्यक्ष किसोर बहादुर मगरले वितरण गरेका हुन् ।
झिलझिले माविका कक्षा १ देखि ६ सम्ममा छात्र छात्रालाई जाडोमा विद्यालय आउन सहज होस भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको संस्थाका अध्यक्ष किसोर बहादुर मगरले जानकारी दिए ।
कार्यक्रममा शिवसताक्षी–८ का वडाध्यक्ष सन्त फेउदिन, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पर्शुराम ढुंगाना, प्रधानाध्यापक ख्यामराज निरौला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका लेखा समिति संयोजक मिलन राईले गरेका थिए ।
