विराटनगर, १० पुस–नेकपा (एमाले) प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन्। संसदीय दलको आइतबार बसेको बैठकले कार्कीलाई निर्विरोध निर्वाचित गरेको हो।

प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका हुन्।

यसअघि मेन्याङ्बो पनि दलको नेताको दाबेदार थिए। उनकै समर्थन झापा ५ ९क० बाट दोस्रो पटक निर्वाचित कार्की दलको नेता बनेका हुन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *