काठमाडौं, १० पुस–जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट पुगेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच छलफल जारी रहँदा राउत ओलीको निजी निवास बालकोट पुगेका हुन् ।

बालकोट पुगेका राउतले सञ्चारकर्मीसँग भने, ‘मैले यहाँ बैठक भइरहेको भन्ने सुनेर आएको हो । बैठकमा हाम्रा कुरा राख्ने छु । पहिलेदेखि नै हामीले हाम्रो पार्टीको बटम लाइन भनिसकेका छौं । त्यही बटमलाइनका विषयमा छलफल हुनेछ ।’

राउतले आफू सरकारमा जानै पर्ने बाध्यकारी अवस्था भने नरहेको बताएका छन् । उनले भने, ‘सरकारमा हामी जानै पर्छ भन्ने छैन । किनकी हामी नभइ सरकार बन्दैन भन्ने पनि छैन । हाम्रा बटमलाइन पूरा भए दोस्रो कुरा हो ।’

सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीमा सहमति नजुटेपछि नयाँ सत्ता समीकरण बनाउन एमालेसहित राजनीतिक दलहरु सक्रिय भएका हुन् । बैठकमा केपी ओली, प्रचण्ड, नारायणकाजी श्रेष्ठ, शंकर पोखरेल, रवि लामिछाने, देव गुरुङ, विष्णु पौडेल, वर्षमान पुन र विष्णु रिमाललगायतका नेताहरु छन् । केहीबेर अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *