काठमाडौं, १० पुस–पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सरकार गठनको खेल रोमाञ्चक मोडमा पुगेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले वर्ल्डकप फुटबल जस्तै राजनीतिक खेल ‘टाइब्रेकर’ मा पुग्ने त हैन भन्ने प्रश्न गरेका छन् । ‘हालै सम्पन्न वल्र्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो रु’, भट्टराईको प्रश्न छ ।
