दमक, १० पुस–झापाको दमक–२ खर्रखरेस्थित गुड न्यूज चर्चमा क्रिश्चियन धर्मावलम्बीहरुले आइतबार ‘मेरी क्रिसमस’ मनाएका छन् । येशु ख्रीष्टको जन्मदिनमा नेपालसहित संसारभरका क्रिश्चियन धर्मावलम्बीले ‘क्रिसमस’ मनाउदै आइरहेका छन् ।

गुड न्यूज चर्चले आयोजना गरेको क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रमसंगै कलाकारहरुले मनोरञ्जनात्मक गीत, नृत्य, नाटक प्रस्तुत गरेका थिए । त्यसैगरी, कार्यक्रमबीच सामुहिक रुपमा प्रिति भोज गरि येशु ख्रीष्टको जन्मदिनमा खुशीयाली गरिएको थियो ।

सो कार्यक्रमबीच स्थानीय हाम्रो बाल आश्रममा आश्रित १४ जना बालबालिकालाई प्रमुख अतिथिको रुपमा सम्मान गरिएको थियो । सो अवसरबीच आश्रमका बालबालिकाहरुलाई क्रिसमसको टोपी लगाएर सम्मान गरिएको थियो भने चिसो मौसममा लगाइने कपडा र खाद्यान्य सामाग्रीहरु प्रदान गरिएको थियो ।

कार्यक्रममा मोरङ बेलबारीकी शिखा लिम्बूले क्रिश्चियन जीवन भएपछि आफुभित्र आएको सकारात्मक परिवर्तनका अनुभवहरु राखेका थिइन् । उनले लामोसमय अवस्थ्य भएर कठिन जीवन बिताइरहेकी बताईन् । मर्नु न बाच्नुको दोसाँधमा थिए, शिखाले भनिन्–’म आफ्नो बिबेक, क्षमता र धार्मीक मुल्य मान्यता अनुसार बिरामी अवस्थामा धामी, बिजुवा र झारफुखमै रहिरहे ।’ यो लगातारको प्रयासले मेरो जीवनमा कुनै खालको परिवर्तन आएन । तर, गाउँकै एक जना क्रिश्चियन अभिभावहकबाट चर्चमा जाने अवसर मिल्यो र आज यो उर्जा र स्वास्थ्य जीवन पाए ।

सोही कार्यक्रममा क्रिश्चियत कलाकारहरुले तयार पारिएको मेरो बोज नामक नाटक समेत मञ्चन गरेका थिए । त्यस्तैं, कार्यक्रममा आमा समुहबाट नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिएको थियो ।

सहभागिहरुलाई चर्चका पाष्टर दमक गर इसाई समाजका पूर्वअध्यक्ष तथा इसाई समाज प्रदेश १ का सल्लाहकार राजकुमार नाछिरिङ राईले हरेक बर्ष २५ डिसेम्बरमा येशु ख्रीष्टको जन्मदिनमा खुशीयाली मनाउदै आइरहेको बताउनुभयो । वहाँको अनुसार पछिल्लो समय येशु ख्रीष्टको जन्मदिनमा क्रिश्चियन धर्मावलम्बीले मात्रै नभएर अन्य धर्म वा समुदायले पनि क्रिसमसमा सहभागि बन्दै शुभकामना आदानप्रदान गर्दै आइरहेको जानकारी दिनुभयो ।

गुड न्यूज चर्चका पाष्टर सूर्य रसाइलीले समेत कार्यक्रममा सहभागिलाई येशु ख्रीष्टको बारेमा चर्चा र व्याख्या गर्नुभएको थियो ।

‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ ।

येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । येशु ख्रीष्टले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

हेर्नुहोसः तस्विरहरु (फोटो फिचर)

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *