दमक, १० पुस–येशु ख्रीष्टको शुभजन्मोत्सव क्रिसमस डेको अवसर पारेर झापाको दमक–७ सयपत्री चौकस्थित आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डलीले आइतबार एकल महिला, शारिरिक अशक्त, बालबालिका र जेष्ठ नागरिकलाई सहयोग तथा सम्मान गरेको छ ।

एल्डर शरण रणपहेलीको अध्यक्षतामा र कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका कार्यवहाक नगर प्रमुख समेत रहनुभएका दमक–७ का वार्ड अध्यक्ष भीम पौडेलले उनीहरुलाई मान-सम्मान गर्नुका साथै राहत र सहयोग बितरण गरिएको थियो । सो अवसरमा दमक–२ खर्रखरेस्थित हाम्रो बाल आश्रमका १४ जना बालबालिकालाई विद्यालय जाने झोला, कपी र पेन्सिल प्रदान गरिएको थियो ।

त्यस्तैं, क्रिसमसको अवरसरबीच आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डलीले स्थानीय ७ जना एकल महिलाहरुलाई जाडोमा प्रयोग गरिने सिरक (कम्भल) वितरण गरिएको थियो । त्यसैगरी, शारिरिक रुपमा अशक्त र दृष्ट्रिविहीन भएका ४ जनालाई समेत जाडोमा प्रयोग गरिने सिरक बितरण गरिएको थियो ।

समाजका अगुवा तथा जेष्ठनागरिक सम्मान अन्तर्गत ७५ वर्षका धर्मनन्द घिमिरे र ९० बर्षका हस्त बहादुर लिम्बूलाई नगद रुपैयासहित दोसल्ला ओढाएर सम्मानपत्रद्धारा कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै दमक नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा दमक–७ का वार्ड अध्यक्ष पौडेलले धर्म र संस्कृतीले जीवन र समाजलाई गतिशिल, इमान्दारीता, जिम्मेवारी र अनु्शासनमा बाँच्न सिकाउने भएकोले सवै नागरिक आ–आफ्नो धर्मप्रति उतिकै नजिक हुनु आवश्यक रहेको बताउनुभयो ।

सो कार्यक्रममा आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डलीका पाष्टर तथा दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले येशु ख्रीष्टको शुभजन्मोत्सवमा देश र बिदेशमा बसोबास गर्नुहुने इसाई धर्मालम्वीहरुले बिशेष उत्सव र खुशीयाली गरेर मनाउने गरेको बताउनुभयो । वहाँले नेपालमा इसाई धर्मालम्बीले आफ्नो धर्मको चर्चा मात्रै नभएर समग्र देश र समाजप्रति महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो ।

पाष्टर राईले दमकमै इसाई समाजको तर्फबाट इसाई धर्मालम्बीहरुको सानो सानो रुपैया मार्फत महामारी, भूकम्प, प्राकृतिक प्रकोप र बिपतीमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउदै आइरहेको बताउनुभयो । त्यस्तैं, वहाँले दमकको सरसफाई र रक्तदान अभियानमा इसाई धर्मालम्बीहरुले सक्रिय सहभागिता गर्दै आइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा दमक–७ का वार्ड सदस्य तारा रणपहेली, दमक ७ कै वार्ड सदस्य मन बहादुर खवास, सयपत्री एकता समाजका अध्यक्ष भक्तिप्रसाद गड्तौला, राधा माधव टोल विकास संस्थाका अध्यक्ष वीर बहादुर राई लगायत इसाई समाजका अगुवाहरुको उपस्थिती थियो ।

सो अवसरमा इसाई कलाकारहरुले येशु ख्रीष्टप्रती सम्मान व्यक्त गर्दै मनोरञ्जनात्मक गीत र नृत्यहरु प्रस्तुत गरिएको थियो ।

एल्डर शहरमान राईले क्रिसमस कार्यक्रमको उद्घाटनमा प्रार्थना गर्नुभएको थियो भने एल्डर पावल राईले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रमलाई एल्डर सुरज लिम्बूले सञ्चालन गर्नुभएको थियो ।

हेर्नुहोसः तस्विरहरु (फोटो फिचर)

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *