काठमाडौं, ११ पुस–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल सँगसँगै देखिएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल सँगसँगै देखिएका हुन् ।

शपथ ग्रहणका क्रममा पूर्वप्रधानमन्त्रीहरुका लागि व्यवस्था गरिएको कुर्सीमा उनीहरु सँगसँगै बसेपनि भलाकुसारी गरेको भने देखिएन ।

नेकपा एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी बनाएपछि दुई नेताबीच कटुतापूर्ण सम्बन्ध रहँदै आएका छ । उनीहरुले मञ्च सेयर समेत बिरलै गर्ने गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *