शिबगञ्ज, ११ पुस–शिवसताक्षी–६ मा एक घर आगलागीबाट नष्ट भएको छ। वडा नं ६ को सुकलाल मुर्मुको घर दिउँसो १२ बजे आगलागी हुँदा घरभित्रका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको हो ।

घरमा सबै काम बाहिर निस्किएका बेला आगलागी हुँदा केही पनि समान बाहिर निकाल्न नसकिएको पीडित मुर्मूले जानकारी दिए । घरमा मसिना केटाकेटीहरु मात्रै रहेका थिए उनले भने– धन्न नानीहरु आगो लागेको थाहा पाएपछि बाहिर निस्केछन् ।

स्थानीय त्रिलोचन मैनालीको जग्गामा घर बनाई मैनालीकै जग्गामा खेती किसानी गर्दै आएका मुर्मू परिवार घर जले पछि विचल्लीमा परेको छ । घरमा राखेको धान, चामल, लत्ता कपडा लगायतका सबै समाग्री जलेर नष्ट भएको छ । करिब ३ लाख ५० हजारको सामाग्री जलेर नष्ट भएको बताइको छ ।

यता, आगलागीबाट पीडित मुर्मु परिवारलाई वडा नं ६ ले १ बोरा चामल, १ बोरा भुजा, म्याट लगायतका सामाग्री प्रदान गरेको वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए ।

अध्यक्ष कार्कीका अनुसार गाउँलेले आगलागी भएको खबर दिनासाथ प्रहरीलाई खबर गरेर जनप्रतिनिध, गाउँले र प्रहरीको सहायताले आगो निभाउन सफल भएको बताए । घरमाथी जस्तापाताको छानो र खरको टाटीको बेरा भएकाले केही छिन् मै घर जलेर नष्ट भएको वडाध्यक्ष खुलालको भनाई छ ।

त्यस्तै, नेपाल रेडक्रश सोसाइटी शिवसताक्षी शाखाले पनि आगलागी पीडत मुर्मुलाई २ थान त्रिपाल, २ थान ओढ्ने कमल, २ थान साडी र भाडाकुँडाहरु सहयोग प्रदान गरेको अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *