पाँचगाछी (शिवसताक्षी), १२ पुस– झापाको शिवसताक्षी–४ पाँचगाछीस्थित रंगिगाथानमा सञ्चालित श्री कनकाई प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघ शिबसताक्षीद्धारा कनकाई प्राथमिक विद्यालयमा अध्ययनरत ६५ जना विपन्न र सिमान्तकृत समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष तथा युवा व्यवसायी किशोर मगरका अनुसार शिबसताक्षी नगरपालिकाको दक्षिणी दुर्गम गाउँ पाचगाछीस्थित रंगियाथानका विपन्न र सिमान्तकृत जातिका बालबालिकाहरु अध्ययनरत कनकाई प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडोको मौसममा लगाउने कपडा वितरण गरिएको हो ।

न्यानो कपडा वितरणमा शिबसताक्षी–४ का वडा अध्यक्ष बिष्णु प्रसाई, सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायीका अध्यक्ष मगर लगायतले संस्थाका पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।

सो संस्थाले निर्माण व्यवसायीहरुको पेशागत हक, हित र अधिकारका पक्षमा काम गर्दै शिबसताक्षी नगरभरी सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान गर्दै आइरहेको छ ।

यता, विद्यालयका प्रधानध्यापक सोमनाथ गुरागाईले आफ्नो विद्यालयमा अध्ययनरत अति विपन्न र सिमान्तकृत विद्यार्थीहरुका लागि चिसो मौसमको कपडा वितरण गरिएकोप्रती संस्थालाई आभार तथा धन्यवाद व्यक्त गर्नुभयो । वहाँले आजका बालबालिकहरु भोलीको कर्णधार र सक्षम जनशक्ति भएकोले विद्यार्थीहरुको शैक्षिक तथा सामाजिक क्षेत्रमा सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघले देखाएको योगदानको चर्चा गर्नुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *