दमक, १३ पुस–संघीय सांसद दुर्गा राई बुधबार झापाको दमकमा सम्मानित भएकी छन् । नेकपा (माओवादी केन्द्र) को तर्फबाट समानुपातिक तर्फबाट सांसदमा निर्वाचित राईलाई दमकमा बुधबार किरात कोयू राई बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको हो । सांसद राई माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा किरात राई यायोक्खा पूर्ब केन्द्रीय उपाध्यक्ष/सल्लाहकार हुन् ।

माओवादी पार्टी १ नम्बर प्रदेश समितिले मंगलबार प्रदेशबाट बिजयी हुने संघीय र प्रदेश सभा सदस्यहरुलाई बधाई शुभकामनासहित सम्मान गरेको थियो । त्यसैगरी, बुधबार दमकका किरात कोयू राई बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रमको आयोजना गरी सांसद राईलाई सम्मान पत्र, दोसल्लाह, माला लगाएर सम्मान गरेको हो ।

सांस्कृतिक रुपान्तरणको लागि भन्दै संघीय सांसदको शफथ किरात राई समुदायको सांस्कृतिक भेषभूषा लगाएर र कोयू राई भाषामा शपथ लिएपछि भाषा, लिपी तथा सांस्कृतिक अभियान्ताहरुबाट सांसद राईको प्रसंसा हुँदै आएको छ ।

दमकमा भएको कार्यक्रममा निवर्तमान १ नं प्रदेश सभा सदस्य अर्जुन कोयू राई, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, किरात कोयू राई बचत तथा ऋण सहकारी संस्था चिसोपानी पञ्चमी (इलाम) का अध्यक्ष तिर्थराज राई, सोही संस्थाको दमक (झापा) अध्यक्ष राजमान राई, भीमराज राई लगायतले बधाई शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सहकोषाध्यक्ष शुसिल राई, किरात राई विद्यार्थी संघको पूर्ब नेता तथा पत्रकार अनिलदेब राई लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, हिजो (मंगलबार) प्रदेश १ को राजधानी बिराटनगरमा नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटीले संघीय सांसद दुर्गा राईसहित प्रदेश १ बाट निर्वाचिन सांसदहरुलाई सम्मान गरेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *