धरमपुर, १४ पुस–झापाको शिवसाक्षी–१ को धरमपुर–पाँपगाछी कालोपत्रे सडकमा दर्जनौ स्थानमा खाल्डाखुलडी र भत्किएपछि नगरपालिकाको प्राविधिक (इन्जिनियर) र जनप्रतिनिधिहरुले अनुगमन गरेका छन् ।
धरमपुर चौकदक्षिण शुक्रबार बजार आसपास क्षेत्रमा कालोपत्रे सडक भत्किएर खाल्डाखुल्डी परेपछि स्थानियवासिहरुको चर्को असन्तुष्ट गर्दै आइरहेका थिए ।
नगरपालिका उपप्रमुख नरमाया कार्की शिवसताक्षी वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ, वडा नम्बर ३ का वडा अध्यक्ष भाष्कर न्यौपाने, ईन्जिनियर राम खतिवडा लगायतले अनुगमन गरेका छन्।
सो सडक पूर्वपश्चिम राजमार्गको धरमपुर चौकदेखि पारावारि बजार दक्षिण साविक धरमपुर –१ सम्म नौ किलोमिटर लम्बाई र २२ फिट चौडाइको कालोपत्रे सडकको करिब ७ सय मिटर धरमपुर चोक दक्षिणमा मात्रै ढल निकास निर्माण भएको छ।
ढल निर्माण नभएको सडकमा बर्षायाममा पानीको निकास जाने ठाउँ नपाएर यो सडक यसरी भत्किएको स्थानीयवासीहरु बताउँछन् ।
तत्काल धरमपुर चोकदेखि पारावारि बजार दक्षिणसम्म सडकमा भएको खाल्डाखुल्डी अस्थायी रुपमा पुरिने र समपूरक बजेट स्थायी रुपमा खाल्डाखुल्डी मर्मत गरिने उप प्रमुख कार्कीले बताइन् ।
शिवसताक्षी १, २, ३ र ४ हुँदै जाने यो सडक यस भेगको मुख्य सडक नै हो। यो सडक पाँचगाछी धरमपुरहुदै दमक-विराटनगर-धरान, बिर्तामोड-चन्द्रगढी आदि ठाउँसम्म जान स्थानीयवासीलाई सहज भएपनि ठाउँ ठाउँमा सडक भत्किएपछि सडक दुर्घटना बडेको शिवसताक्षी ३ का अध्यक्ष भाष्कर न्यौपाले जानकारी दिए ।
