झिलझिले, १४ पुस–झापाको शिवसताक्षी नगरपालिकामा नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा बालनिकुञ्ज मा।वि। प्रथम भएको छ । शिबसताक्षी–७ व्याङडाँडास्थित भगवती माध्यमिक विद्यालयमा सम्पन्न अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी १० आँपटारीस्थित बालनिकुञ्ज मावि प्रथम भएको हो ।

प्रतियोगितामा शिवसताक्षी ७ लालझोडास्थित भानु माध्यमिक विद्यालय दोस्रो, चेतना मावि तेस्रो र भगवती मा।वि।ले चौथो स्थान प्राप्त गरेको आयोजक शिवसताक्षी नगर शिक्षा शाखाले जनाएको छ ।

विजेता विद्यालयहरुले शिल्ड र सहभागी विद्यार्थीहरुले नगद सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । प्रथम हुने विद्यार्थीहरुले जनही ३५ सय, दोस्रोले ३ हजार, तेस्रोले २५ सय र सान्तवना पुरस्कार हासिल गर्ने सहभागीले १ हजार जनही प्राप्त गरेको नगर शिक्षा शाखाले जनाएको छ ।

त्यस्तै, अन्तर मावि हाजिरी जवाफ प्रतियोगिताको प्रारम्भिक चरण पार गर्ने चार समूहलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *