दमक, १५ पुस–झापाको शिबसताक्षी–८ झिलझिलेमा मुख्य कार्यालय रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारणसभाको अवसर पारेर दमकस्थित दमक सेवा केन्द्रले शुक्रबार दमकमा प्रतिवेदन वितरणसहित उत्कष्ट कारोबार गर्ने एक दर्जन बढी सदस्यहरुलाई पुरुस्कार तथा सम्मान गरेको छ ।
दमकस्थित छिमेकी बचत तथा ऋण सहकारी संस्था सेवा के्रन्द्रका संयोजक रोहितकुमार उप्रेतीको अध्यक्षता र संस्थाका सञ्चालक समिति अध्यक्ष गणेश प्रधानको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख नरप्रसाद ओली (नबीन) ले आर्थिक बर्ष २०७८।०७९ का वित्तिय अवस्था, सांगठानिक ढाँचा, संस्थाका सूचाङ्कहरु, नाफा–नोक्सान, वासलात र चालु आर्थिक बर्षमा गरिने नीति, कार्यक्रम र योजना सम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थामा हाल शेयर पुँजी रु १२,५४,९६,४०० रहेको, कोषतर्फ रु ३,४०,३१,४१९.१७.००, निक्षेपतर्फ रु ४०,९३,८६,३०६.०३ र चालु आर्थिक बर्ष २०७९।०८० मा चुक्ता शेयर पुँजीलाई रु १५,००,००,००० पु–याउने संस्थाको लक्ष्य छ ।
त्यस्तैं, संस्थाले आर्थिक बर्ष २०७८।०७९ को बचततर्फ असार मसान्तसम्म रु ४०,९३,८६,३०६।३६ रहेको छ भने चालु आर्थिक बर्ष २०७९।८० मा बाँकी मौज्दात बचत रु ५५,००,००,००० पु–याउने लक्ष्य छ ।
यता, गत बर्ष कोरोना भाइरस तथा अर्थतन्त्र कमजोर भएको अवस्थामा समेत कर्जा लगानीमा रु ७२ २३,५२६२२.६८ रहेको र चालु आर्थिक बर्ष २०८७९।०८० मा रु ८५,००,००,००० लगानी गर्ने संस्थाको लक्ष्य छ ।
संस्थाले साँवा कर्जा असुलीतर्फ रु ४१,२४,७१,०२३ र ब्याज असुलीतर्फ १०,६८,१६,१९९.९४ रहेको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख ओलीले जानकारी गराउनुभयो । संस्थाले नाफातर्फ रु ३,०१,२८,५८८,७१ रहेको छ ।

सञ्चालक समितिका अध्यक्ष तथा दमक सेवा केन्द्रको बार्षिक साधारणसभाको प्रमुख अतिथि गणेश प्रधानले पुस ११ गतेदेखि सुरु भएको बार्षिक साधारण १६ गते सम्पन्न हुने जानकारी दिनुभयो । अध्यक्ष प्रधानले बित्तिय अनुशासन र पारदर्शीता, छिमेकी सहकारी संस्थाको प्रतिवद्धता भन्ने उद्घोष अनुसार सहकारी आन्दोलन र अभियानमा सक्रिय सहभागिता जनाउन सफल भएको बताउनुभयो । वहाँले एक आपससमा घनिष्टता, सदस्य–सदस्यबीचमा एकता, सहकारी संस्थाहरुबीच मैत्रीपूर्ण, लगानी र आम्दानीमा पारदर्शितामा प्रतिवद्ध भएको बताउनुभयो ।
वहाँले संस्थाको सेवा केन्द्रहरु पाँच स्थानमा रहेको बताउनुभयो । हालसम्म सुरुङ्गा, केर्खा, दमक, जनता बजार (पाँचगाछी), मंगलबारे बजार (धरमपुर) मा सेवा केन्द्र मार्फत सदस्यहरुलाई सेवा प्रदान गरिरहेको बताउनुभयो । ३८ जना कर्मचारीहरु रहेको सस्थामा हालसम्म ३,९५८ जना शेयर सदस्यहरु छन् ।
सञ्चालक समितिमा नौ जना, लेखा सुपरिवेक्षण समिति सहित विभिन्न उपसमितिहरु १० वटा छन् ।
कार्यक्रममा दमक–५ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ, वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर थापा, महालक्ष्मी विकास बैंक दमक शाखा प्रमुख निर्वाण अधिकारी र छिमेकी सहकारी संस्था सुरुङ्गा सेवा केन्द्रका संयोजक तथा बुद्धिजीवी यज्ञराज (गोपाल) ओलीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, कृषि विकास बैंकका पूर्व शाखा प्रमुख छत्र राई, छिमेकी बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिका उपाध्यक्ष पशुराम ढुंगाना, सचिव उदयप्रकाश राई, दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, गणेश घिमिरे, पत्रकार तथा सो संस्थाका शेयर सदस्य अनिलदेब राई लगायतको उपस्थिति रहेको थियो ।
दमक सेवा केन्द्रका उज्वल धिमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई छिमेकी सहकारी संस्था केर्खा सेवा केन्द्र प्रमुख
केशब आचार्यले सञ्चालन गर्नुभएको थियो ।

