दमक, १७ पुस–झापाको दमकमा जीवन चक्र समाजले आइतबार बिहान १०औं राष्ट्रिय पोशाक एबम् टोपी दिवस मनाइएको छ । दिवसको अवसर पारेर दमकमा आज अग्रज लोकगायक सिताराम ताजपुरियालाई सम्मान गरिएको छ । त्यसैगरि, जीवन चक्र समाजले सोही कार्यक्रमबीच १०४ बर्षिय ज्येष्ठ तिलचन दाहाललाई दिर्घ जीवनको कामना गदैं सम्मान गरेको छ ।
जीवन चक्र समाजका अध्यक्ष गणेशप्रसाद गौतमको अध्यक्षताम र दमक नगरपालिकाकी उपप्रमुख रेगिना प्रसाईले सम्मानित व्याक्तित्वलाई नेपाली पोशाक दाउरा सुरुवाल, ढाकाटोपी तथा सम्मान पत्रद्धारा सम्मानित गरेकी थिइन् ।
समाजका अध्यक्ष गौतमले गौरादह निवासी नेपाली लोकसंगीतका पुराना सर्जक तथा लोकगायक ताजपुरियाले नेपाली लोक गीत, संगीतका क्षेत्रमा योगदान पुरयाँएवापत सम्मान गरिएको बताए ।
दमकको गणतन्त्र चौंकमा आयोजित उक्त कार्यक्रममा आयोजक संस्थाले निकालेको सन्देसमूलक गीत पनि सार्वजनिक गरिएको थियो । ‘मानवीय एकताको एउटा धरोहर जीवन चक्र समाज हाम्रो साझा प्यारो घर’ बोलको उक्त संस्थाको गीत साहित्यकार तुलसी प्रसाद भट्टराईको शव्द तथा दमकको काव्य रेकर्डिङ स्टुडियोमा गरिएको हो ।
कार्यक्रममा अन्तरधार्मिक शान्ति सञ्जाल झापाका अध्यक्ष तथा पाष्टर राजकुमार नाछिरिङ राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागि बक्ताहरुले नेपाली पहिचानका लागि परम्परागत ढाकाटोपी र दौरासुरुवाललाई राष्ट्रिय पोशाकका रुपमा घोषणा गरिनु पर्ने औल्याएका थिए ।
डा. लेखनाथ न्यौपानेले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन जीवनचक्र समाजका अध्यक्ष गणेश गौतमले गरेका थिए । कार्यक्रममा दमक-१ का वडाअध्यक्ष हरि न्यौपाने, दमक-६ का वडाअध्यक्ष टेकबहादुर थापा, ८ का वडाअध्यक्ष दिपेश दाहाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राई, संस्थाका पदाधिकारी, सदस्यहरु, सञ्चारकर्मीलगायत विभिन्न संघसंस्था, स्थानीयहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
