दमक, १७ पुस–किराँत लिम्बू समुदायभित्र पर्ने नयोङहाङ समाज नेपाल जिल्ला कार्य समिति झापा, मोरङ र ईलामको तेस्रो अधिवेशन दमकमा सम्पन्न भएको छ । दमकमा सम्पन्न सो अधिवेशनबाट मानध्वज नयोङहाङको अध्यक्षतामा नयोङहाङ समाज नेपाल जिल्ला कार्य समिति पुनःगठन भएको हो ।

समितिको उपाध्यक्षमा रामप्रसाद नयोङहाङ, सचिवमा गोपाल (जीएन) नयोङहाङ, कोषाध्यक्षमा मकरबहादुर नयोङहाङ, सहसचिवमा शान्ता थोप्रा (नयोङहाङ) र सहकोषाध्यक्षमा नरमाया नाल्बो (नयोङहाङ) छन् ।

त्यसैगरी, समितिको सदस्यहरुमा अर्जुन नयोङहाङ, खड्क प्रसाद नयोङहाङ, गोविन्द नयोङहाङ, झक बहादुर नयोङहाङ, बुद्धिमान नयोङहाङ, भूपेन्द्र कुमार नयोङहाङ र भिमतारा नयोङहाङ (तेङ्बुङ) छन् ।

यसअघि, नयोङहाङ समाज नेपाल झापा, मोरङ र सुनसरीको अध्यक्षय मानध्जोज नयोङहाङको सभाध्यक्षमा अधिवेशन भएको थियो । अधिवेशनमा नयोङहाङ समाज नेपालका केन्द्रिय अध्यक्ष सुरेश नयोङहाङको प्रमुख आसनग्रहण रहेको थियो ।

अधिवेशनमा सचिव जीएन नयोङहाङले सचिवको तर्फबाट संस्थाले सञ्चालन गरेका आर्थिक तथा संस्थागत प्रगती विबरणसहित आगामी योजना र कार्यक्रम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

१ कठ्ठा जग्गादाता तिलबहादुर नयोङहाङ (चारपाने बिर्तामोड), नयोङहाङ समाज नोपल जिल्ला समितिको सल्लाहकार लालबहादुर नयोङहाङ लगायत झापा, मोरङ र इलामका नयोङहाङ चेलीबेटीहरु सहित दाजुभाई बंशको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

अधिवेशनमा भुपेन्द्र नयोङहाङले स्वागत मन्तव्य राखेको जिल्ला सचिव जीएन (गोपाल) नयोङहाङले सञ्चालन गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *