दमक, १९ पुस–सङ्घियता सहितको पहिचान, पहिचान सहितको लिम्बुवान स्थापनार्थ सबै पहिचानबादी लिम्बुवानबादी नेतृत्वलाई एक ठाउमा ल्याउन हाम्रो अभियान सुरु भएको छ । सबै पहिचानबादी शक्तिलाई एक ठाउमा ल्याएर लिम्बुवान घोषणा गराउने उदेश्य लिएर आजबाट पहिचानबादी शक्ति निर्माण अभियान सुरु गरिएको सम्बाद समुहका उप-संयोजक अशोक छेत्रीले बताए ।

पहिचानबादी शक्ति निर्माण तथा एकता अभियान सम्बाद समुह नामाकरण गरिएको उक्त समुह रोशन लिम्बुको संयोजकमा ११ सदस्यीय समिती निर्माण भएको आज दमकमा पत्रकार भेटघाटमा जानकारी गराएका छन ।

बिगतको लिम्बुवान आन्दोलन सङ्घियता पहिचान र अस्तित्वको मुद्दालाई कमजोर बनाउन केही अराजक तत्व लागिपरेको र सङ्घियता बिना देश दन्द्दमा फस्ने भन्दै उक्त समितिले सबैलाई सम्बाद र छलफलमा आउन समेत आव्हान गरेको छ ।

आज विभिन्न दलका नेताहरु सङ्ग छलफल भइसकेको अन्य केही सङ्ग छलफल चलिरहेको र सबै सकारात्मक रहेको समेत उप-संयोजक अशोक छेत्रीले बताएका छन । उनले पुष महिना भित्र नै शक्ति निर्माण अभियान सम्पन्न गराउने र लिम्बुवान राज्यको घोषणा लगायत संघर्षका कार्यक्रम सार्बजनिक हुने समेत बिश्वास ब्यक्त गर्नु भएको छ ।

पत्रकारसँगको भेटघाटमा उप-संयोजक छेत्रीले सङ्घियता र पहिचान बिरोधिहरुको मुटु काम्न थालेको र अबको आन्दोलन पहिलाको भन्दा सशक्त र शक्तिशाली लिम्बुवान आन्दोलन हुने दाबी समेत गरे । कस्को नेतृत्वमा हुने हो भन्ने पत्रकारको प्रश्नमा उनले त्यो सम्बाद समुहले छलफल आधिकारिक पत्रकार सम्मेलनमा जानकारी गराउने भन्दै पहिचान र लिम्बुवान बिरोधिले अब झोला बोकेर भाग्न तयार हुन समेत चेतावनी दिएका छन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *