दमक, २३ पुस–संघीयता र पहिचानको माग गर्दै आन्दोलनरत लिम्बुवानवादी नेताहरुबीच बिचार, दृष्ट्रिकोण, योजना र सिन्द्धान्त मिल्न सकेनन् । खासगरी, एउटै उदेश्य र गन्तव्य भएरपनि नेतृत्वहरु अलग-अलग समुह निर्माण गर्दै शक्तिह्रिन अवस्थामा आइसकेका छन् ।
अलग-अलग समुह र उदेश्य भएपछि पछिल्लो समयका लिम्बुवान युवा शक्तिहरु अपठ्यारोमा परेका छन् । कस्तो नेतृत्व रोज्ने वा कुन समुहमा रुपान्तरण हुने विषयले उनीहरुबीचमा प्रश्न वा जिज्ञासा उत्पन्न भइरहेको थियो ।
यस्तैं, अन्यौलता, निरासा र आशाहरुसंगै आज दमकमा संघीयता र लिम्बुवान पार्टीहरुको नेतृत्वबीच भेटघाट भएको छ । भेटघाटमा लिम्बुवान पक्षधर नेतृत्वलाई एकतामा ल्याउन पहल गरिने उद्घोष समेत भएको छ ।
सो भेटमा सहभागि एक नेताका अनुसार नेतृत्वबीच तिब्र असुन्टुष्टका कारण लिम्बुवानमा टुटफुटको अवस्था सिृजना भएको र त्यसलाई जोड्न नसकेको कारण पहिचानवादीहरु कमजोर भएको बताए । आन्तरिक बिबाद र समस्यालाई सामाधान गर्न नेतृत्ववीचमा भद्र छलफल र सहमति खोज्न समेत आवश्यक रहेको आजको भेटघाटमा छलफल भएको छ ।
पहिचानबादी शक्ति निर्माण तथा एकता अभियान सम्बाद समुहले आयोजना गरेको कार्यक्रमको अध्यक्षता रोशन लिम्बुले गर्नुभएको थियो । सो भेटघाटमा लिम्बुवान नेता पदम अधिकारी, ऋषिदेब, बीरेन्द्र याक्थुम्बा, रञ्जन लिम्बू, सोमनाथ राजवंशी, अरुण राई लगायतका नेताहरु सहभागि भएको लिम्बुवान युवा नेता अशोक घिमिरेले जानकारी दिनुभयो ।
आजको कार्यक्रम अर्थपूर्ण बनेको अभियानकर्मी रोशन लिम्बुले बताउनुभयो । वहाँले छिटै पहिचानवादीहरु एक ठाँउमा एकीकृत भएर आउनुका बिकल्प नभएको बताउनुभयो ।
