दमक, २३ पुस–पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधामको विकासमा एकताबद्ध भएर लाग्न आवश्यक रहेको शनिबार सताक्षीधाम परिसरमा एक कार्यक्रमका सहभागीहरुले बताउनुभएको छ । उनीहरुले धार्मीक दृष्ट्रिकोणले समेत पौराणिक महत्व बोकेको सताक्षीधामको विकासमा अघि बढ्दै सताक्षीधामलाई पर्यटकीय स्थलको रुपमा स्थापित गर्न समेत सहभागि बक्ताहरुले जोड दिनुभएको छ ।
सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाद्धारा पूर्व अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई सम्मान कार्यक्रममा बक्ताहरुले यस्तोब बताउनुभएको हो । सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाका नव निर्वाचित समितिले छोटो समयमै अग्रजहरुको सम्मान गर्ने परम्पराको विकास गरेको अध्यक्ष तुलाराम बोखिमले बताउनुभयो ।
निकै ठूलो प्रतिस्र्धासहित निर्वाचनको प्रकृया मार्फत सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थामा समिति गठन भएको हो । २ पुस, शनिबार निर्वाचनद्धारा गठित समितिले आज सताक्षीधाम परिसरमा एक भब्य समारोहबीच स्थापनाकालदेखि निवर्तमान समितिका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई खादा ओढाएर सम्मान–पत्रले सम्मान गरेको हो ।
शिबसताक्षी–११ र इलामको सिमानामा अवस्थित सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष तुलाराम बोखिमको अध्यक्षता र प्रदेश सांसद राधाकृष्ण खनालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो ।
सो अवसरमा सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाका पूर्व अध्यक्ष तथा पूर्व सांसद तारासम योङया, पूर्व अध्यक्ष रामचन्द्र अधिकारी, निवर्तमान अध्यक्ष प्रसाद सुब्बा, संस्थाका पूर्व पदाधिकारीहरु मोहन कडरिया, दिपक न्यौपाने, गंगाधर तिम्सिना, डिल्लीरमरण खतिवडा, रुद्रमणी भट्टराई, संस्थाका निर्वतमान कोषाध्यक्ष कृष्ण श्रेष्ठ, पूर्व नगर प्रमुख तथा संस्थाका पूर्व सदस्य चन्द्रकुमार शेर्मा, उदयप्रकाश राई लगायत चार दर्जन बढीलाई खादा ओढएर सम्मान पत्रले सम्मान गरिएको हो ।
सम्मानित व्याक्तित्वहरुलाई संस्थाका अध्यक्ष बोखिम, प्रमुख अतिथि प्रदेश सांसद खनाल, शिबसताक्षी नगर प्रमुख रोशन थोप्रा, महन्त मनि माहाराज, शिबसताक्षी–११ का वार्ड अध्यक्ष बहादुर आङबो लगायतले सम्मान गरेका थिए ।
सो अवसरमा पूर्व अध्यक्ष तथा पूर्व सांसद योङया, पूर्व नगर प्रमुख शेर्मा, गणेशमान अध्ययन प्रतिष्ठान तथा प्राविधिक शिक्षालय झिलझिलेका अध्यक्ष सन्तोष कुमार मेन्याङबो, गोलक गोवद्र्धन गौशालाका अध्यक्ष नन्दकिशोर, संस्थाका निवर्तमान अध्यक्ष प्रसाद सुब्बा लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष उदयप्रकाश राईले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा शिबसताक्षी नगरका पूर्व उपप्रमुख भोजकुमारी नेपाल, नेपाली सेना २१ बाहिनीका बाहिनीपती धन थापा, शिबसताक्षी–११ का वार्ड अध्यक्ष बहादुर आङबो, पूर्व वार्ड अध्यक्ष भैरब श्रेष्ठ लगायत संस्थाका पदाधिकारी, सदस्यहरु र स्थानीयवासीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कालीप्रसाद रिजालले गर्नुभएको थियो ।
