झिलझिले, २३ पुस–सताक्षीधाम जेसीज वर्ष २०२३ का लागि अध्यक्षमा निर्मला प्रधान चयन भएकी छन् । सताक्षीधाम जेसीजको १०औं बार्षिक साधारणसभा तथा अधिवेशनबाट प्रधान अध्यक्षमा चयन भएकी हुन् ।
सताक्षीधाम जेसीजकी अध्यक्षमा चयन भएकी प्रधान सामाजिक क्षेत्रमा स्थापित हुन् । आदिवासी जनजाती महासंघ, महिला अकिार, दुधे सामुदायिक प्रहरी लगायत दर्जनौ संघसंस्थामा सक्रिय प्रधानले सताक्षीधाम जेसीजको पहिचान र गरिमालाई उठाउने बताइन् । उनी, सताक्षीधाम जेसीजको अध्यक्ष हुनेमा महिलातर्फको पहिलो अध्यक्ष हुन् ।
त्यसैगरी कार्यकारी उपाध्यक्षद्धयमा राजकुमार बस्नेत र विश्व विक्रम दाहाल चयन भएका छन् । उपाध्यक्षहरुमा मन्जिल नेपाल, विक्रम घिमिरे, कुशल कटुवाल र भिमकुमार राई चयन भएका छन् ।
यस्तै, सचिवमा समिर रिजाल, जनसंम्पर्क अधिकारीमा कृजम पोख्रेल र तालिम निर्देशकमा सागर आङदम्वे चयन भएका छन् ।
