दमक, २४ पुस–जनता समाजवादी पार्टी (जसपा) नेपाल दमक नगर समितिले आइतबार दमकस्थित दमक अस्पतालको समस्या र चुनौतीहरुको बारेमा छलफल गरेको छ । अस्पताल प्रशासन, सेवा सञ्चालन, भौतिक व्यवस्थापन, प्रविधि, डाक्टर लगायत कर्मचारीहरुको सन्दर्भसहित आगामी समस्या र चुनौतीका विषयमा छलफल भएको हो ।

जसपा दमक नगर अध्यक्ष महेन्द्र चाम्लिङ राईको नेतृत्वमा पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङ, केन्द्रीय सदस्य गंगा राई शेर्मा, प्रदेश सदस्य धिरेन लावोती लगायतले अस्पताल प्रशासनमा छलफल गरेका थिए । सो छलफलमा अस्पतालका निमित्त मेडकिल सुपरिटेन्डेन्ट डाक्टर निरज आचार्यले अस्पतालले भोगिरहेका समस्या र चुनौतीका बारेमा प्रकाश पारेका थिए ।

१५ वेड क्षमताको अस्पतालमा हाल १ सय २० जना कर्मचारीहरु कार्यरत छन् । नेपाल सरकारको स्वीकृत दरबन्दी अनुसार दमक अस्पतालमा तिन जना मात्रै डाक्टरहरु पठाएको छ । तर, अस्पतालको बढ्दो चापको कारण स्थानीय सरकारको व्यवस्थापन मार्फत २० जना डाक्टरहरु कार्यरत रहेका छन् ।

दमक अस्पतालमा झापाको विभिन्न पालिकाहरुसहित दक्षिणी इलामको चुलाुचली गाउपालिका,माङसेबुङ गाउँपालिका, पाँचथरको मिक्लाजुङ र मोरङको उर्लाबारी लगायतको क्षेत्रबाट सेवा लिन आउने ग्राहकहरु रहेको निमित मेसु आचार्यले जानकारी दिनुभयो ।

सो क्रममा नेता नेम्बाङले दमक अस्पताललाई अझ धेरै क्षमता बृद्धि गर्न मात्रै ठूलो कुरा नभएर भइरहेको सेवा सञ्चालनलाई प्रभावकारी बनाउन अस्पताललाई आग्रह गर्नुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *