काठमाडौं, २५ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले आफूहरूसँग ससर्त समर्थन गरेको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्नुपर्ने बताएका हुन्। उनले परम्परगत अभ्यास र राजनीतिले आफूहरू जनतामाझ जान नसकिने बताएका छन्।

‘हामी लोकतन्त्रको जगमा छौँ। जनताको हामीमाथिको समर्थन ससर्त छ। निःशर्त छैन। जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ। यो संसद हाम्रो परीक्षाको केन्द्र हो। जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेका छन्। परम्परागत अभ्यास र राजनीतिले हामी जनतामाझ जान सकिँदैन। हामी निरन्तर जनताको निगरानीमा छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *