काठमाडौं, २५ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका छन्।

सोमबार संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विश्वासको मत दिने इंगित गरेका हुन्।

‘भोलि विश्वासको मत लिने कुरा छ। एकीकृत समाजवादी छिनछिनमा सरकार परिवर्तन होस् भन्ने चाहँदैन यो सरकारको स्थायित्व हुनुपर्छ,’ उनले भने।

वर्तमान सरकारले मुलुकको आर्थिक संकट समाधानका लागि ध्यान दिनुपर्ने उनले बताए।

‘जनतालाई अनुभूति हुने किसिमले काम गर्नुस् मेरो शुभकामना छ। बोली र व्यवहार एकै होस्। गहिरिँदो आर्थिक संकट समाधानका लाग सरकारले काम गरोस्,’ नेपालले भने।

सरकारले राजनीतिक स्थायित्व, सुशासन र स्वाधिनताका क्षेत्रमा केन्द्रित काम गर्नुपर्ने उनले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *