दमक, २५ पुस–हिउँदको चिसो समयमा निकै कष्टकर जीवन बिताइरहेका इलाम चुलाचुली गाउँपालिकाको चपेटीका एक विपन्न परिवारलाई दमकका युवाहरुले ओढ्ने–ओछ्याउने कपडासहित केही खाद्यान्य सामाग्रीहरु उपलब्ध गराएका छन् । चपेटीका ६४ बर्षिय बाघधन राई र उनका श्रीमति ६३ बर्षिया फुलकुमारी राईसहित दुई छोरीहरु चिसो समयमा न्यानो कपडाको अभावमा दैनिक कष्टकर जीवन बिताइरहेका थिए ।

दमक लगायत कमल र इलामका केही युवाहरुले बृद्ध अवस्थाका राई दम्पतीसहित उनीहरुका दुई छोरीका लागि ब्याङकेट र धसना उपलब्ध गराएका छन् । उनीहरुले बृद्धअवस्थाका दम्पतीको घरैमा पुगेर चामल, चिउरा, चाउचाउ र नून समेत उपलब्ध गराएका छन् ।

राई दम्पतीका दुबै छोरी शारिरिक रुपमा समेत कमजोर रहेको सहयोग टोलीका एक सदस्य अशोक घिमिरेले जानकारी दिए । उनका अनुसार कमजोर आर्थिक अवस्थाका कारण बृद्ध राई दम्पतीको घरमा पर्याप्त खानेकुराको अभाव हुनुका साथै चिसो मौसममा लगाउने न्यानो कपडाको अभावमा कष्टकर जीवन बिताइरहेका छन् । घिमिरेले उनीहरुका लागि सहयोगी हातहरुले सहयोग गर्न आवश्यक रहेको समेत बताए ।

सो टोलीमा किराण मगर, रोशन लिम्बू, शुक्रराज राई, अशोक घिमिरे, मौसम राई र प्रज्वल राई छन् । उनीहरुले दैनिक आफ्नो खर्चबाट बचाएर सङ्कलन गरेको रुपैयाबाट सो सामाग्रीहरु खरिद गरी विपन्न परिवारलाई सहयोग उपलब्ध गराएका हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *