काठमाडौं, २६ पुस–नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको एक लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भइहरहेको छ ।

यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयँले घटेको छ । चाँदी तोलाको एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *