काठमाडौं, २६ पुस–नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधिसभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्नेर्नुहुने भएको छ । स्रोतका अनुसार बिहीबार उहाँ औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारी रहेको हो ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसालले एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनुभएको थियो ।

त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग पटक-पटक छलफल गर्दै आउनुभएको थियो । एकीकृत समाजवादीमा प्रवेश गर्न उहाँले भूसालले प्रस्ताव पनि तयार गर्नुभएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *