दमक, २६ पुस–प्रदेश १ मा छरिएर बसोबास गरिरहेका इसाई धर्मालम्बीहरुको छाता संंगठन इसाई समाज प्रदेश १ को छैठौ महाधिवेशनले पुनः पाष्टर बिक्रम वर्णवास येक्तेनको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
सुनसरीको धरानस्थित लांघाली सामुदायिक भवनमा पुस २५ र २६ गते सम्पन्न इसाई समाजको छैठौं महाधिवेशनले पाष्टर येक्तेनको अध्यक्षतामा सर्वसम्मत नयाँकार्य समिति निर्वाचित गरेको हो । समितिमा प्रदेश १ को १४ वटै जिल्लाका इसाई समाजका अध्यक्षहरु पदेन सदस्य रहने छन् ।
सो समितिको उपाध्यक्षहरुमा पाष्टर मेहेरमान हयुज, पाष्टर विकास राई र पाष्टर आकाश थुलुङ राई रहनुभएको छ भने महासचिवमा रेभ बिनोख मुर्मु रहनुभएको छ । सचिवत्रयमा पाष्टर राजेश भण्डारी, एल्डर पुर्ण सुनुवार र पाष्टर संजिव कुलुङ राई रहनुभएको छ । त्यसैगरी, कोषाध्यक्षमा सुनिता श्रेष्ठ र सहकोषाध्यक्षमा एल्डर पूर्ण कुमाल रहनुभएको छ ।
समाजको सदस्यहरुमा पाष्टर आरोन खनाल, पाष्टर सुर्य तामाङ, पाष्टर युसुफ श्रेष्ठ, पाष्टर अशोक गुरुङ, पाष्टर रामकुमार राई, पाष्टर सांगे शेर्पा, पाष्टर अविधन राई, जसमाया लिम्बू, पारो राई, युनिस साङपाङ, लालकुमारी याक्खा रहनुभएको छ ।
१ नम्बर प्रदेश इसाई समाजका अध्यक्ष पाष्टर बिक्रम वर्णवास येक्तेनको अध्यक्षतामा हिजो (सोमबार) छैठौ अधिवेशनको उद्घाटन समारोह भएको थियो । अधिवेशनको आज (मंगलबार) सम्पन्न बन्द सत्रमा अध्यक्ष, महासचिव र कोषाध्यक्षको क्रमशः प्रतिवेदनहरुमाथि छलफल भएको थियो ।
महाधिवेशनको बन्द सत्रमा रेभरेण्ड एन.डि थुलुङको संयोजकत्वमा समाजका वरिष्ठ सल्लाहकार रेभ दानियल सुब्बा, सल्लाहकार रेभ कुवेर गुरुङ र रेभ हिमाल जोसेफ राई रहेको निर्वाचिन समिति गठन गरिएको थियो ।
प्रदेश इसाई समाजका वरिष्ठ सल्लाहकार रेभरेण्ड एन.डि थुलुङले प्रार्थनाबाट कार्यक्रम सञ्चालन गरिएको थियो । सो अवसरमा एन.सि.एस नेपालका महासचिव पाष्टर डिल्लिराम पौडेल, वरिष्ट सल्लाहकार रेभरेण्ड एन.डि थुलुङ र प्रदेश इसाई समाजका अध्यक्ष पाष्टर विक्रम वर्णवास येक्तेनले संयुक्त रुपमा दीपप्रज्वलन गरेर महाधिवेशनको उद्घाटन गर्नुभएको दमक नगर इसाई सकाजका अध्यक्ष तथा नवगठित प्रदेश इसाई समाजका उपाध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभयो ।
पाष्टर आकाश थुलुङ राईका अनुसार प्रदेश इसाई समाजको नव गठित समितिको पहिलो बैठक आजै सोही भवनमा सम्पन्न भएको छ । वैठकले पाष्टर सुरज मल्लालाई प्रदेश इसाई समाजको प्रवक्तामा समेत जिम्मेवारी प्रदान गरिएको छ । सो बैठकले महाधिवेशनको बन्द सत्र सम्पन्न गर्न गठित निर्वाचन समिति, सल्लाहकारहरु र महाधिवेशनमा सहभागि प्रतिनिधि र पर्यवेक्षकहरुप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन समेत गरिएको छ ।
त्यसैगरी, प्रदेश इसाई समाजलाई संस्थागत रुपमा कानूनी प्रकृयाहरु पुरागर्न दर्ता गर्ने, प्रदेश इसाई समाजको कार्यालय निर्माण तथा व्यवस्थापन गरिने, समुदायप्रती लक्षित राखेर उनीहरको हकहितमा अहोरात्र लागिरहने जस्ता बैठकले निर्णयहरु गरेको दमक नगर इसाई समाजका अ्रध्यक्ष समेत रहनुभएका प्रदेश इसाई समाजका उपाध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभयो ।
