विराटनगर, २७ पुस–प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासको मत लिने व्यवस्थाका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

‘मुख्यमन्त्रीज्यूले २९ गते विश्वासको मत लिने व्यवस्थाका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेका छौँ,’ उनले थाहाखबरसँग भने,‘योसँगै सभामुख निर्विरोध हुनुभएको छ घोषणा हुन बाँकी छ, २८ गते लगभग घोषणा हुन्छ।’ उनले ३० गते उपसभामुख पनि चयन हुने जानकारी दिए।

प्रदेश १ मा माओवादी केन्द्रको असन्तुष्टिको विषयमा कसरी छलफल गरिरहनु भएको छरु भन्ने प्रश्नमा उनले कुनै समस्या नभएको र करिब मिलिसकेको दाबी गरे।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६० जना प्रदेससभा सदस्यको समर्थनमा कार्की पुस २४ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *