दमक, २७ पुस–पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिले आज दमक चौकमा पृथ्वी नारायण शाहको तस्विरमा मल्यार्पण साथै झण्डोत्तलन कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्र निर्माता पृथ्वी नारायण शाहको तस्विरमा माल्यापणर् गर्नुका साथै दमकको मुख्य चौकमा राष्ट्रिय झण्डा झण्डोत्तलन गरेको हो । राप्रपा दमक नगर सभापति हेम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेस सांसदद्वय अम्मर विष्ट र प्रेम थाम्सुहाङको प्रमुख उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै सांसद विष्टले पृथ्वी नारायण शाहको योगदान बिर्षने नेपालीनै हुन नसक्ने बताउनु भयो । उहाँले विदेशी संग लडेर नेपाल जोगाउने व्यक्तिलाई कसैले बिर्षन नसक्ने बताउनु भयो ।
कार्यक्रममा दमक नगरपालीकाका प्रमुख राम थापाले पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको लागि भूमिका खेलेको भन्दै उहाँको योगदानबाटनै अहिलेको स्वाभिमानी नेपाल रहेको बताउनु भयो । पृथ्वीनारायण शाहको बिचार अहिले पनि मुलुकको एकता बचाउन उत्तिकै सान्दर्भिक रहेको भन्दै नगर प्रमुख थापाले पृथ्वीनारायण शाहले नेपालको बिबिधतामा एकता कायम गरेको बताउनु भयो ।
स्वर्गिय पृथ्वीनारायण शाहको ३ सय १ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवर पारेर बृहत कार्यक्रम गरिएको पार्टिका क्षेत्रीय अध्यक्ष भिम पौडेलले बताउनु भयो ।
