दमक, २७ पुस–पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज दमक नगरपालीकाका कर्मचारी र जन प्रतिनिधि विच मैत्रिपुर्ण फुटबल खेल सम्पन्न भएको छ । खेलमा १ का बिरुद्ध ९ गोल गर्दै कर्मचारी टिम बिजयी भएको छ ।

कर्मचारी टिमलाई बिजयी गराउने क्रममा टिम कप्तान प्रमुख प्रशासकिय अधिक्रित शशी राई एक्लैले चार गोल गर्नु भएको थियो । खेलको को म्यान अफ द म्याच बन्दै पुरस्कार समेत प्राप्त गर्नु भयो ।

बिजयी कर्मचारी टिमलाई कप तथा पुरस्कार वितरण गर्दै नगर प्रमुख राम थापाले स्वास्थ्यका लागी खेलकुद अनिवार्य भएको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमहरुले आपसि एकता र सहकार्यको भावना विकाश भएर जाने भन्दै आजको बिषेस दिनमा मैत्रिपुर्ण फुटलब खेल आयोजना गरेकोमा धन्यबाद दिनुभयो ।

खेलको माध्यमबाट पनि पृथ्वी नारायण शाहलाई सम्झिएकोमा धन्यबाद भन्दै उहाँले आजको दिन उत्सवकै रुपमा मनाउनु पर्ने धारणा राख्नु भयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *