दमक, २८ पुस–दमकमा उद्यमी तथा व्यवसायीहरुबीच निकै लोकप्रिय नेता देबीबहादुर (गोपाल) गुरागाईले आज नेकपा (एमाले) परित्याग गरे लगतै नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत एमाले पार्टी र त्यसका जनबर्गिय संघसंगठनहरु त्यागेको घोषणा गरेको केही घण्टा नवित्दै व्प्यवसायीहरुका नेता गोपाल गुरागाई कांग्रेसमा प्रवेश गरेका हुन् ।

दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका नेता गुरागाईले आसन्न बाणिज्य संघको निर्वाचनको मुखैमा पार्टी परिवर्तनले दमकमा निकै ठूलो चर्चा पाएको छ । उनलाई आज अपरान्ह कांग्रेस नगर समितिले दमकस्थित पार्टी कार्यालयमा भब्य स्वागत गर्दै पार्टी प्रवेश गराएको छ । गुरागाईलाई पार्टीका जिल्ला उपसभापति शेरवहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्रीय सभापति रवि न्यौपाने र दमक नगर सभापति प्रकाश प्रसाईसहितका नेताहरुले स्वागत गरेका थिए । उनलाई आजै कांग्रेसको साधारण सदस्यता प्रदान गरेका थिए ।

पार्टी प्रवेशसहित उनलाई दमक उद्योग वाणिज्य संघको भावी अध्यक्षका रुपमा जिताउने नेताहरुले प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा कांग्रेस नेता तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले आसन्न बाणिज्य संघमा गुरागाईको योगदान अझै आवश्यक भएकाले उनकै नेतृत्वमा पार्टी एक ढिक्का भएर निर्वाचनमा जाने उल्लेख गरेका थिए ।

व्यापारी नेता गुरागाईले पार्टीभित्र योगदानको कदर नभएको कारण आफूले पार्टी र संगठन त्यागेर कांग्रेसमा आएको बताए । पार्टीमा आएर संघको नेतृत्व जित्न मात्र होइन पार्टी र व्यवसायिक हितका लागि काम गरेर देखाउने उनको प्रतिवद्धता थियो ।

कार्यक्रममा पार्टीका एक नम्बर प्रदेश समिति सदस्यद्धय भुमिराज राई, चन्द्रा खडका भट्टराई, महाधिवेशन प्रतिनिधिहरु राजनबहादुर ढुंगाना, डा.नेत्र बहादुर बुढाथोकी, मन्दरा चिमरिया पौडेल, विक्रम अधिकारी, रमा लिम्बू, लोकतान्त्रिक व्यवसायी संघ दमक नगर अध्यक्ष बबरजंग थापा, पार्टीका नगर उपसभापति युवराज खनाल, दिपेश दाहाल लगायतका नेता तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *