काठमाडौँ, २९ पुस–नेकपा (एमाले) छाडेका नेता तथा पूर्वमन्त्री घनश्याम भूसाल आज (शुक्रबार) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । बानेश्वरको एक होटलमा आज दिउँसो २ बजे औपचारिक कार्यक्रम गरी भूसाल समाजवादी प्रवेश गर्न लागेका हुन् ।

भूसाललाई तत्काल समाजवादीले सचिवालय सदस्य मनोनीत गर्ने तयारी गरेको छ । उनलाई केही समयपछि पार्टीको महासचिव बनाउने तयारी गरिएको समाजवादीका नेताहरू बताउँछन्।

भूसाल गत मंसिर ४ को निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार बनेका थिए । नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि उनलाई नेकपा माओवादी केन्द्रसहित तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *