अर्जुनधारा, ३० पुस–अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा रमेश समदर्शी चयन भएका छन् ।क्लबको आज शनिबार सम्पन्न प्रथम साधारण सभाको बन्दसत्रले आगामी तीन वर्षका लागि उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।यसअघि उनी उपाध्यक्ष थिए ।

त्यसैगरी क्लबको उपाध्यक्षमा प्रेमकुमार आचार्य, सचिवमा नरेश खाती, सहसचिवमा उद्धव पुरी र कोषाध्यक्षमा पुष्पा जवेगु लिम्बू चयन भएका छन् ।

त्यस्तै, क्लबको सदस्यहरुमा तिलक योञ्जन, दिपक ढुंगाना, पुरुषोत्तम पौडेल, मनिता योञ्जन, विष्णु श्रेष्ठ र सुजता ढुंगाना चयन भएका छन् । सोही सभाले राजन साम्पाङको संयोजकत्वमा अनिता विष्ट र गणेश थापा सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ ।

क्लबका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा आयोजित उक्त सभाको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, अर्जुनधारा–८ वडा समितिका अध्यक्ष कुमारप्रसाद उप्रेती, सल्लाहकार समितिका संयोजक दिपीन राई, क्लबका सल्लाहकार एवम् जग्गादाता कृष्ण बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *