झापा, ३० पुस–झापाको अर्जुनधारा नगरपालिका–१ स्थित साधुटारको शंकराचार्यपीठ वेदबेदाङ संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा महायज्ञ हुने भएको छ ।
आगामी भोलि (माघ १ गते) देखि ११ गतेसम्म महायज्ञ हुने भएको हो । शंकराचार्यपीठ स्थापनाको ४७औं बार्षिकोत्सव तथा २५आंै बर्ष ‘रजत जयन्ती’ को अवसर पारेर महायज्ञको तयारी शुरु गरिएको जनाइएको छ ।
श्रीमद् ब्रहवैवर्त महापुराण पाठ कथा प्रवचन गायत्री लक्ष्यहवनात्मक बिराट गोपाल महायज्ञ ११ गते सम्पन्न हुने पीठका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।
