काठमाडौं, ३० पुस–नेकपा (एकीकृत समाजवादी) ले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ । पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको समाजवादीको भर्चुअल माद्यमबाट वसेको ४७ औं सचिवालय बैठकले भूसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव डा। वेदुराम भुसालले जानकारी दिनुभयो ।
बैठकमा भूसाललाई जिम्मेवारी दिने एकमात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको महासचिव भुसालले बताउनु भयो । कम्युनिष्ट नेता भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा समाहित हुनु भएको थियो ।
