काठमाडौं, ३० पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर शर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताउनु भएको छ ।

शनिबार पार्टीको रौतहट-काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफूहरू सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताउनु भयो ।

अध्यक्ष नेपालले संसद् विघटन गरिन्छ की भन्ने आशंका जन्मिएको भन्दै संविधानमा नै नभएको कुरालाई गर्ने आँट कसैले गर्न नहुने आफ्नो सुझाव रहेको भन्दै सत्ता र पावरले मान्छेलाई घमण्डी बनाउने भएकाले विनम्रतापूर्वक लाग्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

अध्यक्ष नेपालले निर्वाचनको परिणामका कारण हरेस खानुपर्ने अवस्था नरहेको भन्दै पार्टीलाई शसक्त रुपमा अघि बढाउनका लागि जनतामाझ जान कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *