दमक, १ माघ–दमक-६ स्थित नमुना वजारमा रहेका नौ वटा पसलमा आगलागी हुदाँ लाखौं मूल्य बरावरको क्षति भएको छ । वडाअध्यक्ष टेकबहादुर थापाका अनुसार आज विहान करिव २ वजेतिर अचानक आगलागी हुदाँ पसलका सम्पूर्ण समानहरु जलेर नष्ट भएको थियो ।

दमकको मुख्य वजारका ती ठाँउमा जुत्ता तथा कपडाका पसलहरु रहेका थिए । आगलागीबाट लाखौ मूल्यको क्षति भएको हुन सक्ने प्रारिम्भक अनुमान छ ।

आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ वटा पसलका सम्पूर्ण समानहरु नष्ट भएको उनले बताए । आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन् ।

आगलागी विद्युत सर्ट भई लागेको हुन सक्ने प्रारिभ्मक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप गिरीले बताए । क्षतिको विवरण संकलन गर्ने कार्यभईरहेको उनले जानकारी दिए ।

आगलागी दमकसहित कमल, गौरादह, कानेपोखरी लगायतका बारुणयन्त्र, प्रहरी तथा स्थानीयको प्रयासमा करिव ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *