दमक, १ माघ–किराँतीहरुको नयाँ बर्ष (यलेदोङ) ५०८३ तथा माघे सक्रान्ति (कक्फेवा तङनाम) को अवसर पारेर दमकस्थित किराँत भवनमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । किराँत भवन रायालि (राई, याक्खा र लिम्बु) सेवा संघको आयोजनामा आइतबार शुभकामना आदान प्रदानसहित सहभागिहरुलाई किराँती परिकार तरुल, सेल रोटी, फिलिङ्गेको धुले अचार खुवाइएको थियो ।

कार्यक्रममा रायालि संघका अध्यक्ष धिरेन लावोतीको अध्यक्षता र दमक–७ का वडा अध्यक्ष भीम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा प्रमुख अतिथि पौडेलले किराँत समुदायको आफ्नो मौलिक संस्कार, सस्कृति र भाषाको संरक्षण गर्न सम्बन्धित जाति, संघ–संस्थासहित स्थानीय सरकारको समेत दायित्व भएको बताए ।

कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रिय सदस्य इन्द्रमान चाम्लिङ राई, किरात याक्खा छुम्माका केन्द्रिय सदस्य तथा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) का संघीय उपाध्यक्ष कमन देवान, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकी, साहित्यकार तथा आदिवासी जनजाति महिला सञ्जालका अध्यक्ष सुमित्रा बाङदेल राई चेली, आदिवासी जनजाति स्मृति प्रतिष्ठान तथा रङ्गशालाका कार्यवहाक अध्यक्ष दिपेनबाला राई, किराँत भवन (रायालि) सेवा संघका कानुनी सल्लाहकार तथा अधिबक्ता दिलबहाद्र इगनाम लिम्बू, किरात राई यायोक्खा दमक अध्यक्ष बासुदेब राई लगायतले यलेदोङ तथा यले सम्बतको बारेमा चर्चा गर्नुभएको थियो ।

रायालि सेवा संघका उपाध्यक्ष समेत रहनुभएका किरात याक्खा छुम्माका प्रतिनिधि मछिन्द्र याक्खाले यले सम्बत मनाउनुका साथै माघे संक्रान्तिको बारेमा प्रष्ट पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा किरात राई यायोक्खा, याक्थुम चुम्लुङ र याक्खा छुम्माका प्रतिनिधिहरुको उपस्थिति थियो । सो कार्यक्रमलाई रायालि सेवा संघका महासचिव शुसिल राईले सञ्चालन गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *