झिलझिले, १ माघ–माघे संक्रान्तिको अवसर पारेर पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा आगान्तुक जेष्ठ नागरिक र श्रद्धालु तीर्थयात्रीहरुको लागि नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

त्यस्तैं, सताक्षीधाममा आगान्तुक श्रद्धालु तीर्थयात्रीहरुलाई क्रमशः मन्दिरको दर्शनमा सहज बनाउन र धाम परिसरभित्र हुने फोहोर व्यवस्थापनका लागि झिलझिले माध्यमिक विद्यालयका स्काउटर विद्यार्थीहरुले स्वयंसेवकको भूमिका उपलब्ध गराएका छन् । झापाको शिबसताक्षी–११ झिलझिलेबाट उत्तरतर्फ घनजङ्गलबीच चुरे घाँटीमा अवस्थित सताक्षीधाममा माघे संक्रान्ति मनाउन र मकर नुहाउनका लागि तराईसहित पहाडी जिल्लाबाट सयौं तीर्थालुहरु आउने गरेका छन् ।

सताक्षीधाम आइपुगेका जेष्ठ नागरिक र श्रद्धालु तीर्थयात्रीहरुमन्दिरको दर्शनपछि सतासी खोलाहुदै उत्तरतर्फ रहेको शिवपार्वती भरनाको अवोलकन गर्न पुग्ने गर्छन् । उनीहरु सो क्षेत्रतर्फ जाने र फर्कर्ने क्रममा लडेर चोटपटक लागेमा होस या चिसोले स्वास्थ्यमा समस्या भएको अवस्थामा निःशुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै उनीहरुलाई औषधी वितरण गरिएको रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाका सचिव समेत रहनुभएका स्वास्थ्यकर्मी होमप्रसाद राजवंशीले जानकारी दिए । त्यस्तैं, सो क्रममा रेडक्रसकर्मी र स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिक र श्रद्धालु तीर्थयात्रीहरुको प्रेसर, ज्वरो जाँच गरिनुका साथै निःशुल्क पानी बितरण गरिएको राजवंशीले बताए ।

बिर्तामोडस्थित लाइफ क्यूष्टिको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा १५६ जनाले प्रेसर, ४६ जनाले सुगर र २९ जनाले विभिन्न रोग सम्बन्धीका औषधीहरु निःशुल्क बितरण गरिएको छ । रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाका अध्यक्ष गोविन्द काफ्लेले सहजिकरण गर्नुभएको कार्यक्रमको संयोजन सचिव राजवंशीले गर्नुभएको थियो ।

शिविर समापनमा सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष तुलाराम बोखिम, उपाध्यक्ष उदयप्रकाश राई र सचिव कालीप्रसाद रिजालले नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखासहित लाइफ क्यूष्टिका स्वास्थ्यकर्मी प्राविधिकहरुलाई धन्यवाद ज्ञापनसहति सताक्षीधामको बिकासमा आ–आफ्ना बिचारहरु राख्नुभएको थियो ।

यता, स्काउट विद्यार्थीहरुले मन्दिरको दर्शनमा सहज बनाउन र सताक्षीधाम परिसरभित्र उत्पन्न हुने फोहोर सरसफाईका लागि स्वयंसेवकको भूमिका देखाएका थिए । स्काउटर शिक्षक दुर्गा उप्रेतीका अनुसार स्काउटरले सताक्षीधामको विकासमा सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *