झिलझिले, १ माघ–पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधामका विद्यार्थी र गुरुहरुलाई न्यानो कपडा तथा जुत्ता वितरण गरिएको छ ।
आज (आइतबार) मकर संक्रान्तिको अवसर पारेर शिवसताक्षी-७ चन्द्रडाँगी निवासी रुद्र गौरी श्री अम्बिका प्रतिष्ठान कोषाध्यक्ष गोपाल ओली र उनकी श्रीमती प्रतिष्ठान झापाकी संस्थापक सदस्य तुलसादेवी ओलीले उक्त सामाग्री वितरण गरेका हुन् ।
ओलीले गोलोक गुरुकोलमका २० जना विद्यार्थी, ४ जना गुरु, १ जना गुरुकोलमका अध्यक्ष र १ जना राधे राधे संस्थाका प्रतिनिधिलाई जाडोमा लगाउने ट्रयाक सुट, जुत्ता प्रदान गरिएको हो ।
कार्यक्रमा तुलसादेवी ओलीका श्रीमान् तथा रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानका कोषाध्यक्ष गोपालले गुरुहरुले सताक्षीधामा मसिना भाईहरुलाई ज्ञान बाढिराख्नु भएको बताए । उहाँहरुको ज्ञानले भोली यो समाज, परम्परा, संस्कृतिको विकास र संरक्षण गर्ने छ । ‘हामीले जे आफुसँग छ, त्यही चिजले सहयोग गर्ने हो ।’ त्यसैले आफुसँग भएको केही अंश दानको रुपमा भोलिका दिनमा संस्कृतिको संरक्षणका लागि काम गर्ने विद्यार्थी भाईहरुलाई ४५ हजार बराबारको न्यानो कपडा वितरण गरिएको बताए ।
त्यस्तै, गोलोक गौशालाले सताक्षीधाममा रहेका साधु सन्त तथा गोलोक गोबर्धन गौशालामा काम गर्ने कर्मचारीहरुलाई बस्त्र प्रदान गरेको छ । गौशालाले न्यानो कपडा वितरण कार्यक्रममा उपस्थित र भक्तजनहरुलाई प्रसाद वितरण गरेको थियो ।
