झापा, १ माघ–झापाको कनकाई नदीको दुबै किनारामा आज बिहानैदेखि मकर स्नान गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
मकर स्नान गर्न र मेला भर्न झापा, मोरङ, सुनसरी लगायत भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजनको घुइँचो लागेको हो । कनकाई नदीको दुवै किनारमा माई भव्य मेला समेत लागेको छ ।
मेलामा विभिन्न खेल तसामासँगै जुवाजन्य खेलहरु खेलाइँदैछ ।
