दमक, २ माघ–दमक उधोग वाणिज्य संघको माघ ६ गते हुने निर्वाचनमा विमल खतिवडा नेतृत्वको सर्युक्त उम्मेदवार घोषणा कार्यक्रम गरेको छ ।

नेपाल उधोग तथा ब्यवसायी महासंघ र नेपाल उधोग ब्यापार महासंघ दमक नगर समितिले आज एक कार्यक्रमको आयोजना गरी खतिवडा नेतृत्वको सयुक्त उम्मेदवार घोषण गरेको हो । नेपाल उधोग तथा ब्यवसायी महासंघका केन्द्रीय सदस्य गणेश बस्नेतले वाणिज्य संघको निर्वाचनको अध्यक्षका उम्मेदवार खतिवडाको प्यानल घोषण गर्नु भयो ।

एमाले र माओवादी केन्द्र निकट ब्यवसायी संगठनको तर्फवाट अध्यक्षको उम्मेदवार खतिवडा, वरिष्ठ उपाध्यक्ष राजन दंगाल (राजेन्द्र), प्रथम उपाध्यक्ष भरत चौलागाई, द्धितिय उपाध्यक्ष लक्की सिटौला (विन्दु) र तृतीय उपाध्यक्ष असिम राई रहेका छन् ।

यसैगरी, सदस्यहरुमा मोहन मगर (मिन), उमेश गजमेर, लोकनाथ सापकोटा, चिरन न्यौपाने , कविता अधिकारी र डम्वर बहादुर खड्का उम्मेद्धवार रहेका छन् । लेखा समिति संयोजक मुकुन्द्र आचार्य रहेको उम्मेद्धवार घोषण गरेको छ ।

प्रकाश अधिकारी संयोजक, याम जी श्रेष्ठ सहसंयोजक र सचिव सुयोग खरेल रहेको सयुक्त निर्वाचन परिचालन मुल समिति गठन गरेको सार्वजानिक गरेको छ । कार्यक्रममा दमक उधोग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजेन्द्र ढकाल, पूर्व अध्यक्ष घनेन्द्र सुब्बा, संघकै पूर्व उधोग सचिव शंकर बस्नेतले विमल खतिवडाको प्यानललाई सबै एक ढिक्का भएर विजय गराउने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

नेपाल उधोग तथा ब्यवसायी महासंघ दमक नगर कमिटीका कार्यवाहक अध्यक्ष दिपक गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *