झिलझिले, २ माघ–जङ्गलमा पर्याप्त खाने कुराको अभाव भएपछि यतिलेला झापाको शिबसताक्षी र कमल गाउँपालिकासहित छिमेकी जिल्ला इलामको चुलाचुली गाउँपालिकासंग जोडिएको रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रबाट जङ्गली हात्तीहरु गाउँतर्फ प्रवेश गर्न थालेका छन् ।

प्रत्येक साँझदेखि रात्री कालिन समयमा नजिकैको जङ्गलबाट हात्तीहरु गाउँतर्फ आएपछि स्थानीयवासीहरु आजित भएका छन् । हात्तीले खेतबारीमा लगाइएको बालीहरु खानुका साथै घरभित्र राखिएको अन्नपात र भौतिक संरचनामा क्षति गर्न थालेपछि स्थानीयहरु हात्ती धपाउन र हात्तीबाट बच्न गाउँ–गाउँमा समुह मार्फत रात्रीकालिन गस्ती गर्न अभियानै सुरु गरेका छन् ।

केही दिन अघि मात्रै शिबसताक्षी–११ मा एक बृद्धाको जङ्गली हात्तीले ज्यान लिएको थियो । त्यस्तैं, जङ्गली हात्तीबाट डुडामारी र धरमपुरको दर्जनौ घरमा अन्नपात खानुका साथै घरमा क्षति पुर्याएको थियो ।

मुख्य लोकमार्गको उत्तर तर्फको रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रमा हुने हात्तिको अहारा जङ्ल फडानिले गर्दा नभएपछि आहाराको खोजीमा जंगली हात्तीहरु मानव बस्तीमा प्रबेस गर्न थलेका हुन । हाती मनब बस्तीमा पस्न थालेपछि हिउदे अन्न्बालीहरु खाने कोला, उखु लगायत भन्डरण गरि राखेको धान खाने गरेको स्थनिय बासिहरुको भनाइ छ ।

यसअघि हातिले कहिले पनि दुख नदिएको यस क्षेत्रमा यो पटक दैनिक रातको समयमा बस्ती पस्ने गरेको छ । दैनिक रातको समयमा हात्ती गाउँ पस्न थालेपछि शिबसताक्षी–८ झिलझिले पश्चिम थेचम्बु, सम्झाना चौक, बुद्ध चौक, डुडामारी, धरमपुरस्थित फुलबारी चौक, धरमपुर चौक लगायतका गाउँ गाउँमा रातभर स्थानीयहरु समुह समुह बिभाजन गरेर गस्ती गरिरहेका छन् ।

सो गाउँमा साइरन मेसिन, टर्च लाइट लगायतका सामाग्रीहरु खरिद गरेर रातभरको चिसोमा दाउरा बालेर बस्नुपरेको स्थानीयवासीहरु बताउँछन् ।

यता, डुडामारी चौकमा स्थानीय क्लबले ३० हजार मूल्य बराबरको ५ थान १०० वाटको हेलो जिन लाइट जडान गरिएको अध्यक्ष सन्त आङ्देम्बेले जान्कारी दिए ।

रातको समय चिसो मौसम अनि हात्तीको अतङक-बत्ती जडान अभियानका सम्योजक बहदुरसिङ सेर्माले दुखेसो पोखे । उनका अनुसर हात्ती रुङालुको लागि क्लबले डुडामरी र बुध्कोक्मा दाउराको व्यवस्था गरेको छ ।

स्थनियहरु आगो ताप्दै हात्ती रुङ्ने गरेका छन । ८ नम्बर वडा कर्यलयले हात्ती धपाउनको लागि १ थान साइरन दिएको छ । स्थानियहरु अहिले हात्ती अतकंले गर्दा दिनमा सुत्ने र रातमा हात्ती रुङ्ने गरेका डुडामारीका गङाप्रसाद ओझाले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *