दमक, २ माघ–दमक उद्योग बाणिज्य संघको माघ ६ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै दमकका लोकतान्त्रिक व्यवसायीहरुको प्यानलका उम्मेदवारहरुलाई बिजय गराउन बिभिन्न समिति र उपसमितिहरु गठन गरिएको छ ।

नेपाली कांग्रेसले नेतृत्व गरिरहेको नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पाटीं (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको व्यवसायीहरुबाट अध्यक्षमा देबीप्रसाद (गोपाल) गुरागाईको प्यानललाई बिजय गराउन समितिहरु गठन गरिएको हो ।

दमकस्थित सिद्धी मार्केटमा सम्पन्न बैठकले दमकका लोकप्रिय युवा व्यवसायी बबरजंग (किरण) थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । समितिको सहसंयोजकहरुमा कुमार निरौला, महेन्द्र चाम्लिङ राई, महेश घिमिरे र रुप नारायण न्यौपाने छन् ।

समितिको महासचिवमा युवराज खनाल, सचिवमा दिपेश दाहाल छन् भने सदस्यहरुमा तारा प्रसाद अधिकारी, सुरज लिम्बु र मनोज अग्रवाल छन् ।

त्यस्तैं, दमकका पुराना राजनीति अगुवा सुरेश सुब्बाको संयोजकत्वमा अनुगमन तथा निर्देशन समिति गठन भएको छ । सो समितिको सदस्यहरुमा देउकुमार नेम्बाङ, बिजय बराल, मणी भण्डारी, हेम सुवेदी, ढु्ण्डिराज भण्डारी, शेरबहादुर भट्टराई, दिलबहादुर बुढाथोकी, रवि न्यौपाने केसी, कृष्ण तिम्सिना, गंगा राई शेर्मा, बिक्रम अधिकारी लगायत छन् ।

कांग्रेस दमक नगर सभापति तथा दमक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईको संयोजकत्वमा उम्मेदवार परिचालन तथा समन्वय समिति गठन भएको छ । समितिका बिजय बराल, गोकुल श्रेष्ठ, रमा लिम्बु, दिनेश अग्रवाल, तारा अधिकारी र नविन अग्रवाल छन् ।

आजै, अरुण अधिकारीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । समितिको सदस्यहरुमा उमाकान्त आचार्य, कुमार निरौला, गंगा प्रसाद दुलाल, श्याम तिम्सिना, तुलसी दाहाल, शशि पौडेल छन् । पशुराम रिजाल संयोजक रहेको निर्वाचन व्यवस्थापन समिति गठन भएको छ । समितिको सदस्यहरमा प्रेम भट्टराई, श्याम आचार्य, मोहन थापा, युवराज घिमिरे र धिरेन्द्र सम्बाहाम्फे छन् ।

यता, निर्वाचनमा उम्मेदवारहरु लगायत एजेण्डाहरुको बारेमा प्रचारप्रसार सम्बन्धी मिडिया डेक्स गठन गरिएको छ । सो समितिको संयोजकमा पत्रकार गिरीराज भट्टराई र सदस्यहरुमा आरसी अधिकारी, चन्द्र खत्री, बिष्णु सुब्बा, बिष्णु पौडेल, मुकुन्द उप्रेती लगायत छन् ।

बबरजंग थापाको अध्यक्षतामा सम्पन्न बैठकले आसन्न निर्वाचनमा लोकतान्त्रिक व्यवसायीहरुको तर्फबाट गोपाल गुरागाईले नेतृत्व गरेको साझा उम्मेदवारहरुलाई शतप्रतिशत बिजय गराउन दमकका उद्यमी तथा व्यवसायी मतदाताहरुबीचमा उम्मेदवारसहित भेटघाटका कार्यक्रमलाई अभियानको रुपमा बढाउने समेत निर्णय भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *