दमक, ३ माघ–झापाको दमक–६ नमुना बजारमा भएको आगोलागीबाट पिडित भएकाहरुलाई राहत तथा पुनस्र्थापनाको लागी नगरपालीकाको तर्पmबाट नगर उप प्रमुखको संयोजकत्वमा समिति निर्माण गरिएको छ ।

नगरपालीकामा आज भएको बिपद व्यवस्थापन समितिको बैठकले नगर उप प्रमुख रेगिना भट्टराईको संयोजकत्वमा ९ सदस्सीय नमुना बजार आगलागी राहत व्यवस्थापन समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा वडा नम्बर ६ वडा अध्यक्ष टेकबहादुर थापा, ७ का वडा अध्यक्ष भिम पौडेल, दमक उद्योग बाणीज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी दमक उप-शाखा सभापति प्रकाश बुढाथोकी, व्यवसायीहरुको तर्पmबाट राजकुमार श्रेष्ठ, खानेपानी तथा सरसफाई उपभोक्ता समिति दमकका अध्यक्ष रोशन गौतम रहनु भएको छ ।

साथै, समितिका सदस्यहरुमा ईलाका प्रसासन कार्यालय दमक र ईलाका प्रहरी कार्यालय दमकलाई समेत तोकिएको छ । त्यसैगरी समितिको सदस्य सचिवमा नगरपालीकाका पुर्वाधार शाखा प्रमुख तथा विपद व्यवस्थापनका फोक पर्सन ईन्जिनियर अनन्त सेनेहाङलाई जिम्मेवारी दिईएको छ ।

आजै बसेको बैठकले दुखःद घटनाबाट पिडित बनेका व्यवासायीहरुको राहत संकलनका लागी दमकभित्र र बाहिर रहने सम्पुर्ण व्यक्ति तथा संघ-संस्थाहरुसंग आह्वान गर्ने समेत निर्णय गरेको समितिका सदस्य सचिव सेनेहाङले जानकारी दिनुभयो ।

त्यसैगरी, भोली बुधबार लागोलागी भएको स्थलगत ठाउँमै गएर समितिले व्यवासायीसंग कुरा गर्ने साथै राहतको लागी बैंक खाता खोल्ने र आगोलागी भएर ध्वस्त भएको ठाउँमा नयाँ व्यवसायी संरचना निर्माण गर्न जग्गाधनीलाई सहजिकरण गर्दै साबिककै व्यवसायीहरुलाई पुनस्र्थापना गर्ने बिषयमा पनि छलफल गर्ने निर्णय भएको समिति सम्योजक तथा नगर उप प्रमुख रेगिना भट्टराईले जानकारी दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *