शिबगञ्ज, ४ माघ–श्री पञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयमा सरस्वती मन्दिरको उद्घाटन गरिने भएको छ । जन आदर्श पूर्व विद्यार्थी समन्वय समितिले निर्माण गरेको सरस्वती मन्दिर उद्घाटनको अवसरमा पूर्व विद्यार्थी पूनर्मिलनसहित विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु र मन्दिर निर्माणमा सहयाग गर्ने दाताहरुलाई सम्मान गरिने भएको छ ।

पूर्व विद्यार्थी समन्वय समितिका अध्यक्ष तथा शिबसताक्षी–६ शिबगञ्जका वार्ड अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार श्री पञ्चमी अर्थात सरस्वती पुजोको दिन नवनिर्मित मन्दिर उद्घाटन हुने भएको छ । अध्यक्ष कार्कीले विद्यालयमा पुरानो सरस्वती मन्दिर जिर्ण बन्दै गएको र मन्दिरभित्र पुजा गर्नलाई साँघुरो भएको कारण पूर्व विद्यार्थीहरुको आर्थिक सहयोगमा नयाँ सरस्वती मन्दिर निर्माण गरिएको बताए । हाल, निवनिर्मित मन्दिर विद्यालयको पश्चिमतर्फको भवन नजिकै छ ।

विद्यालयका पूर्व प्रधानध्यापक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम हुने भएको छ । विद्यालयको व्यवस्थापकीय नेतृत्वका साथ शैक्षिक बिकास र उन्नयनमा अविस्मरणीय योगदान गरेको ठहर गर्दै पूर्व प्रधानध्यापक उप्रेतीको हस्तबाहुलीबाट मन्दिरको उद्घाटन गरिनुका साथै पूर्व अध्यक्षहरुसहित दातााहरुलाई सम्मान गरिने अध्यक्ष कार्कीले जानकारी दिए ।

नवनिर्मित सरस्वती मन्दिरमा सरस्वतीको मूर्ति स्थापनाका लागि रोजगारीको शिलशिलामा अमेरिकामा बसोबास गर्नुहुने जन आदर्श माध्यामिक विद्यालयका पूर्व विद्यार्थी सरस्वती दाहालले आफ्ना पिता स्वर्गिय खडानन्द दाहालको स्मृतिमा रु १,२०,०००।– बराबर सहयोग प्रदान गर्नुभएको छ ।

कार्यक्रम सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरि जिम्मेवारी बाँडफाँड गरिएको छ । सो अनरुप मूर्ति खरिदका लागि दीपक भेटवाल संयोजक रहेको समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा जनक खड्का, भगवती ढंगेल र गोकुल बिमली छन् । त्यस्तैं, साँस्कृतिक कार्यक्रमको संयोजकमा गोकुल बिमली छन् भने सदस्यहरुमा भक्तिप्रसाद काफ्ले, रेवतीरमण खनाल, दिनेश श्रेष्ठ, तारानाथ कट्ुवाल, लक्ष्मीकान्त कर्ण, रोशन पौडेल, संजोग दाहाल, नवीन तिम्सिना, सरोज न्यौपाने, निर्मल गिरी, रञ्जु खतिवडा, नरमाया प्रसाई दाहाल छन् ।

दाताहरुको नामावली संकलनमा अनिलदेब राई संयोजक रहेको र पार्वता खतिवडा पौडेल, भगवती ढंगेल, दिनेश कुमार श्रेष्ठ, सन्तोस भट्टराई सदस्य छन् । त्यस्तैं, भक्तिप्रसाद काफ्लेको संयोजक रहेको पूजा व्यवस्थापन समिति गठन भएको छ । समितिको सदस्यहरुमा हिमादेवी खनाल, लिला कुमारी कर्ण, हर्कलाल गिरी, भाष्कर अधिकारी, मुनादेवी सुवेदी, डम्बर प्रसाद गुरागाई, लक्ष्मीकान्त कर्ण, सन्तोष भट्टराईसहित स्काउट ट्रप र बाल क्लबका विद्यार्थीहरु छन् । सोही अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आ-आफ्ना प्रस्तुतीहरु दिने कार्यक्रम छ ।

सरस्वती मन्दिर निर्माणमा सहयोग गर्ने जन आदर्श माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको नाम यस प्रकार छ–

(१) श्री सरस्वती दाहाल (हालः अमेरिका) रु १,२०,०००।–
(२) श्री सुरेश थापा (हालः दुबई) रु १, ११,१११।–
(३) श्री सुवास तिवारी (हालः जर्मनी) रु १,०१०००।–
(४) श्री शुनिलदत शाह (शिबगञ्ज) रु ५१,०००।–
(५) श्री अर्जुन पौडेल (काठमाण्डौं) रु ५१,०००।–
(६) श्री रसमिता उप्रेती (हालः युके) रु ५१,०००।–
(७) श्री चन्दन तिम्सिना (शिबगञ्ज) रु ३१,०००।–
(८) श्री अस्मिता उप्रेती (इटहरी) रु २१,०००।–
(९) श्री चित्र बहादुर राई (इटहरी) रु १५,५५५।–
(१०) श्री सुमिता उप्रेती (बिर्तामोड) रु १५,५५५।–
(११) श्री शुष्मा तिवारी (शिबगञ्ज) रु १५,०००।–
(१२) श्री अनु शर्मा (हालः इजरायल) रु १५,०००।–
(१३) श्री मोहन कुमार पौडेल (दमक) रु १३,८६३।–
(१४) श्री इन्जिनियर डिल्लीराम गौतम रु १२,१००।–
(१५) श्री तेजबहादुर लामगादे निर्मला गिरी रु १२,५००।–
(१६) श्री विकाश आचार्य (हालः क्यानाडा) रु ११,१११।–
(१७) श्री मिलन खरेल (बिराटनगर) रु ११?१११।–
(१८) श्री पुष्प ढुंगेल (काठमाण्डौं) रु ११,१११।–
(१९) श्री पदमप्रसाद रिजाल (बिर्तामोड) रु ११,१११।–
(२०) श्री मुक्तिनाथ गुरागाई (शिबगञ्ज) रु ११,१११।–
(२१) श्री शिरोमणी पौडेल (काठमाण्डौं) रु ११,१०१।–
(२२) श्री शेषराज घिमिरे (शिबसताक्षी) रु १०,२००।–
(२३) श्री देबी बहादुर सुतार कार्की रु १०,१००।–
(२४) श्री अमित बुढाथोकी (बिर्तामोड) रु १०,१००।–
(२५) श्री जानुका बिमली (सुरुङ्गा) रु १०,१००।–
(२६) श्री मिरा दुलाल ढुंगाना (दमक) रु १०,१०८।–
(२७) श्री कुवेर भण्डारी (मोरङ पथरी) रु १०,०५५।–
(२८) श्री कमला मैनाली प्रसाई (बिर्तामोड) रु १०,०००।–
(२९) श्री भीमा पोख्रेल (हालः अमेरिका) रु १०,०००।–
(३०) श्री शारादा नेपाल भट्टराई (दमक) रु १०,०००।–
(३१) श्री अविकेशर बिमाली (केर्खा) रु ५,१००।–
(३२) श्री अम्बा कुमारी राई (धरान) रु ५,०००।–
(३३) श्री चुडामणी प्रसाई (शिबगन्ज) रु ११५०।–
(३४) श्री बिमला ढुंगेल (अर्जुनधारा) रु १०५०।–
(३५) श्री निर्मला ढकाल (बिर्तामोड) रु १०००।–

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *